नेपाल रेडक्रस सोसाइटी उपशाखा चन्द्रेश्वर, लमजुङको आयोजना तथा सर्वोदय मा.वि.को संयोजनमा साविक दुराडाँडा ६ गा.वि.स. भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा पहिचान गर्ने उद्देश्यले आज मिति २०८२/०२/३० गतेका दिन "विपतमा रेडक्रस" शीर्षकमा संचालित अन्तर आधारभूत तह तथा माध्यमिक तह स्तरीय कविता वाचन प्रतियोगितामा विभिन्न स्थान हासिल गर्न सफल विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा चन्द्रेश्वरका सभापति श्री विश्वनाथ अधिकारीको अध्यक्षता तथा सु.न.पा. नगर प्रमुख श्री कृष्णप्रसाद कोइरालाज्यूको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा चन्द्रेश्वरका सम्पूर्ण पदाधिकारी, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वि.व्य. स. समिती, विभिन्न विद्यालयका प्र.अ. तथा शिक्षक प्रतिनिधि , संघ सस्थाका प्रमुख, महिला स्वयं सेविका लगायतका व्यक्तित्वहरु, सर्वोदय मा.वि. का शिक्षक, विद्यार्थी तथा अन्य विद्यालयका प्रतियोगी विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । उक्त कार्यक्रममा शैक्षिक सत्र २०८१ मा सुन्दरबजार नगरपालिका स्तरीय कक्षा ८ को परीक्षामा यस विद्यालयबाट सहभागी विद्यार्थीहरु मध्ये प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई नगद पुरस्कारसहित सम्मान गरियो । विद्यालयको अनुरोध स्विकार्दै कार्यक्रमका लागि जिम्मेवारी प्रदान गर्ने नेपाल रेडक्रस सोसाइटी उपशाखा चन्द्रेश्वर, लमजुङप्रति विद्यालय परिवार आभार प्रकट गर्दछौं ।