शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरु (सर्वोदय मा.वि. र अन्य विद्यालयबाट परीक्षा दिई सर्वोदयमा नयाँ भर्ना भइ अध्ययन गर्न आएका विद्यार्थीसमेत) लाई प्रोत्साहन स्वरुप आवश्यक पुरस्कारको व्यवस्थापन गरिदिनुभएकोमा लमजुङ जिल्ला, सु. न. पा.-०३, चन्द्रेश्वर, छहरेपानी निवासी हाल नेपाली काङ्ग्रेस गण्डकी प्रदेश कार्य समिति सदस्य, यस सर्वोदय मा. वि. विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष साविक चन्द्रेश्वर गा.वि.स. का पूर्व अध्यक्ष, समाजसेवी, शिक्षाप्रेमी, श्री ठाकुरप्रसाद तिवारीप्रति हार्दिक आभार प्रकट गर्दछौं । विद्यालय परिवार श्री ठाकुरप्रसाद तिवारी र उहाँको सम्पूर्ण परिवारजनको सुख, शान्ति, समृद्धिका साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
सर्वोदय मा.वि, चन्द्रेश्वर, दुराडाँडा लमजुङ ।