यस विद्यालयमा पारिवारिक बालमैत्री वातावरणमा पठन [पाठन गरिन्छ
आवस्यक पुस्तकहरु विद्यालयको पुस्ताकालायमा पर्याप्त मात्रामा रहेको
यस विद्यालयमा दक्ष र अनुभवी शिक्षकद्वारा पठन पाठन गराइने
यस विद्यालयमा प्रविधिको प्रयोग गरेर पठन पाठन गराइने
गुणस्तरीय तथा बालमैत्री शिक्षा हाम्रो प्रतिबद्धता ।।
श्री सर्वोदय माध्यमिक विद्यालयको स्थापना विं.सं. २००९ सालमा लमजुङ जिल्लाको ऐतिहासिक स्थल दुराडाँडामा भएको हो । विद्यालयको पृष्ठभूमि स्मरण गरिरहदा सर्वप्रथम विद्यालय परिवार विद्यालय स्थापनाकालका संस्थापक अध्यक्ष स्व.श्रीकान्त अधिकारी, विद्यालयका सेक्रेटरी स्व.विष्णुभक्त पौडेल लगायतका व्यक्तित्वहरु यसैगरी विद्यालका पूर्वअध्यक्षहरू स्व.डम्बर बहादुर क्षेत्री, स्व.निर्मल अधिकारी, स्व.लेखमणि अधिकारी, पूर्व माननीय स्व.हरिभक्त अधिकारी लगायतका व्यक्तित्वहरु साथैै पूर्व प्र. अ. हरु स्व.इन्द्रविलास अधिकारी, स्व.भीष्मकान्त अधिकारी, स्व.ठाकुरप्रसाद छाँगा, स्व.प्रा.डा. इन्द्र विलास अधिकारी लगायतका व्यक्तित्वहरु जसले विद्यालयको स्थापना गरी विद्यालयलाई यहाँसम्म ल्याइपुर्याउन अतुलनीय योगदान पुर्याउनु भएको छ उहाँहरुप्रति श्रद्धासुमन अर्पण गदर्छौँ । साथै विद्यालयलाई यहाँसम्म ल्याइपुर्याउन अथक प्रयास गर्नुहुने वि.व्य.स.का पूर्व अध्यक्ष तथा सदस्यहरु, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष तथा सदस्यहरु, पूर्व प्र.अ. तथा शिक्षकहरु लगायतका सम्पूर्ण व्यक्तित्वहरूप्रति उच्च सम्मान गदछौँ । ....
गुणस्तरीय तथा बालमैत्री शिक्षा हाम्रो प्रतिबद्धता ।।
गण्डकी प्रदेश, लमजुङ जिल्ला, सुन्दरबजार नगरपालिका, विष्णुवाटिका, चन्द्रेश्वर, दुराडाँडामा अवस्थित श्री सर्वोदय माध्यमिक विद्यालय यस क्षेत्रको मात्र नभई देशकै गौरवमय इतिहास बोकेको विद्यालय हो । वि.सं. २००७ सालको प्रजातान्त्रिक आन्दोलनपश्चात् देशमा बढेको शैक्षिक जागरण तथा समाज रूपान्तरण अभियानसँगै १२ सदनलाई पृष्ठभूमि बनाई नेपालकै सुन्दर, रमणीय र ऐतिहासिक स्थल दुराडाँडामा विं.सं. २००९ सालमा स्थापित यो विद्यालय शैक्षिक क्षेत्रको उन्नयनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल विद्यालय हो । वि.सं २०१८ सालमा पहिलो पटक विद्यार्थीहरूलाई प्रवेशिका परीक्षामा समावेश गराउन सफल यस विद्यालयमा देशको शिक्षा नीति तथा समाजको माग र आवश्यकता अनुसार वि.सं. २०४९ देखि कक्षा ११ र १२ को पठनपाठन सुरुवात भयो । स्थापना कालदेखि नै विभिन्न आरोह अवरोह पार गर्दै निरन्तर अगाडि बढिरहेको यो विद्यालयमा वि.सं २०६९ सालमा प्राविधिक शिक्षा प्रदान गर्ने ध्येयले CTEVT बाट सम्बन्धन लिई बिहानी सत्रमा Pre-Diploma in Computer Engineering र वि.सं. २०७२ देखि Diploma in Computer Engineering कार्यक्रम सञ्चालन भयोे । यस विद्यालयमा हाल साधारण धारतर्फ दिवा सत्रमा कक्षा नर्सरीदेखि १२ सम्म पठनपाठ भइरहेको छ भने बिहानी सत्रमा प्राविधिक धारतर्फ Pre-Diploma in Computer Engineering कार्यक्रम सञ्चालन भइरहेको छ । देशको परिवर्तित अवस्था, समयको माग र समाजको आवश्यकता अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्दै अगाडि बढिरहेको यो विद्यालय हाल यस क्षेत्रकै लिडर सामुदायिक विद्यालयका रुपमा पनि परिचित छ ।
The various programs to be held at this school in the coming days are as follows:
यस विद्यालयमा आगामी दिनमा हुने बिभिन्न किसिमका कार्यक्रमहरु यस प्रकार रहेका छन् ।
के भन्छन त ?
यस विद्यालयप्रति बिभिन्न व्यक्तित्वहरुको प्रतिक्रिया जस्ताको तेस्तै ..
यो सफलता विद्यार्थी स्वयं, विद्यालयको उन्नतिका लागि अहोरात्र खट्नुहुने प्राचार्य र उहाँको टीम, विद्यालय व्यवस्थापन समिति, अभिभावकको संयुक्त मेहनतले प्राप्त भएको हो। तसर्थ यहाँहरू सबैमा बधाइ। यो उर्जाले निरन्तरता पाओस्। सर्वोदय माताको जय होस्।
प्यारा बाबू नानी हरु,
बिधालय शिक्षा मा राम्रो गर्नु पर्छ नै।अहिले तिमी हरुकाे मापन A+,A.....मा हुने भएको छ।तिमिहरु समाजकाे मापनमा सरल,असल र सफल भएको देख्न चाहन्छ।समाज जीवन राष्ट्र पुस्तक पढ्नु पर्छ नै।हाम्रो सामु नलेखिएका पुस्तक हरु पनि छन्।प्रकृति र समाजलाई पढ।स्वयं आफुलाई चिन ।जीवन स्वयंलाई ,समाज,जीव र जगत चिन्नु महत्त्व पुर्ण रहेछ।सत्य र मित्थ्या कुरा चिन्नु पहिचान गर्नु महत्त्वपूर्ण हुदाे रहेछ।अवस्यक र अनावश्यक चिज छुट्याउनु महत्त्वपूर्ण रहेछ।समय र सत् गुरु चिन्नु ठुलाे कुरा रहेछ।अहिले काे समाज पैसा,पद काे दौड मा छ।त्याे महत्त्वपूर्ण बस्तु हाे नै तर पद र पैसा दुरुपयोगले नेताहरुले राष्ट्र बिगारिरहेकाे तिमिहरु ले देखेकै छौ,तिमिहरुले पद र धन सहि उपयोग गर्न सिक।तिमी जन्मेकाे माटो ,बा, आमा,गुरु लाई कहिल्यै नभुल ।
---तिम्रो अग्रज।