यस सर्वोदय मा.वि दुराडाँडा लमजुङको शैक्षिक गुणस्तर अभिवृद्धि लगायत समग्र पक्षको विकासमा सहयोग पुगोस् भन्ने उद्देश्य तथा एक वर्षमा कम्तिमा एउटा नमुना विद्यालय अवलोकन गर्ने कार्य योजना अनुसार विद्यालय व्यवस्थापन समिति, शि. अ. संघ, जनप्रतिनिधि (सु. न. पा. वडा नं -०३ का वडा अध्यक्ष) र विद्यालयमा कार्यरत शिक्षक कर्मचारी मिली मिति २०८२/०२/१४ गते पोखरामा रहेको विन्दवासिनी मा.वि. को अवलोकन कार्य सम्पन्न गरियो । साथै धार्मिक स्थल पुम्दीकोटसम्म पुगी त्यहाँको परिवेश अवलोकन गरियो । उक्त विद्यालयमा अवलम्बन गरिएका असल अभ्यासहरू यस विद्यालयमा पनि क्रमशः लागु गर्दै गइने छ भन्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।