Welcome to Sarbodaya Secondary School

बालमैत्री वातावरण

यस विद्यालयमा पारिवारिक बालमैत्री वातावरणमा पठन [पाठन गरिन्छ

पुस्तकालय

आवस्यक पुस्तकहरु विद्यालयको पुस्ताकालायमा पर्याप्त मात्रामा रहेको

दक्ष शिक्षकहरु

यस विद्यालयमा दक्ष र अनुभवी शिक्षकद्वारा पठन पाठन गराइने

प्रविधिमैत्री शिक्षण

यस विद्यालयमा प्रविधिको प्रयोग गरेर पठन पाठन गराइने

ABOUT US

गुणस्तरीय तथा बालमैत्री शिक्षा हाम्रो प्रतिबद्धता ।।

सर्वोदयमा स्वागत छ 🙏

श्री सर्वोदय माध्यमिक विद्यालयको स्थापना विं.सं. २००९ सालमा लमजुङ जिल्लाको ऐतिहासिक स्थल दुराडाँडामा भएको हो । विद्यालयको पृष्ठभूमि स्मरण गरिरहदा सर्वप्रथम विद्यालय परिवार विद्यालय स्थापनाकालका संस्थापक अध्यक्ष स्व.श्रीकान्त अधिकारी, विद्यालयका सेक्रेटरी स्व.विष्णुभक्त पौडेल लगायतका व्यक्तित्वहरु यसैगरी विद्यालका पूर्वअध्यक्षहरू स्व.डम्बर बहादुर क्षेत्री, स्व.निर्मल अधिकारी, स्व.लेखमणि अधिकारी, पूर्व माननीय स्व.हरिभक्त अधिकारी लगायतका व्यक्तित्वहरु साथैै पूर्व प्र. अ. हरु स्व.इन्द्रविलास अधिकारी, स्व.भीष्मकान्त अधिकारी, स्व.ठाकुरप्रसाद छाँगा, स्व.प्रा.डा. इन्द्र विलास अधिकारी लगायतका व्यक्तित्वहरु जसले विद्यालयको स्थापना गरी विद्यालयलाई यहाँसम्म ल्याइपुर्‍याउन अतुलनीय योगदान पुर्‍याउनु भएको छ उहाँहरुप्रति श्रद्धासुमन अर्पण गदर्छौँ । साथै विद्यालयलाई यहाँसम्म ल्याइपुर्‍याउन अथक प्रयास गर्नुहुने वि.व्य.स.का पूर्व अध्यक्ष तथा सदस्यहरु, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष तथा सदस्यहरु, पूर्व प्र.अ. तथा शिक्षकहरु लगायतका सम्पूर्ण व्यक्तित्वहरूप्रति उच्च सम्मान गदछौँ । ....

प्रधानाध्यापकको भनाइ

गुणस्तरीय तथा बालमैत्री शिक्षा हाम्रो प्रतिबद्धता ।।

गण्डकी प्रदेश, लमजुङ जिल्ला, सुन्दरबजार नगरपालिका, विष्णुवाटिका, चन्द्रेश्वर, दुराडाँडामा अवस्थित श्री सर्वोदय माध्यमिक विद्यालय यस क्षेत्रको मात्र नभई देशकै गौरवमय इतिहास बोकेको विद्यालय हो । वि.सं. २००७ सालको प्रजातान्त्रिक आन्दोलनपश्चात् देशमा बढेको शैक्षिक जागरण तथा समाज रूपान्तरण अभियानसँगै १२ सदनलाई पृष्ठभूमि बनाई नेपालकै सुन्दर, रमणीय र ऐतिहासिक स्थल दुराडाँडामा विं.सं. २००९ सालमा स्थापित यो विद्यालय शैक्षिक क्षेत्रको उन्नयनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल विद्यालय हो । वि.सं २०१८ सालमा पहिलो पटक विद्यार्थीहरूलाई प्रवेशिका परीक्षामा समावेश गराउन सफल यस विद्यालयमा देशको शिक्षा नीति तथा समाजको माग र आवश्यकता अनुसार वि.सं. २०४९ देखि कक्षा ११ र १२ को पठनपाठन सुरुवात भयो । स्थापना कालदेखि नै विभिन्न आरोह अवरोह पार गर्दै निरन्तर अगाडि बढिरहेको यो विद्यालयमा वि.सं २०६९ सालमा प्राविधिक शिक्षा प्रदान गर्ने ध्येयले CTEVT बाट सम्बन्धन लिई बिहानी सत्रमा Pre-Diploma in Computer Engineering र वि.सं. २०७२ देखि Diploma in Computer Engineering कार्यक्रम सञ्चालन भयोे । यस विद्यालयमा हाल साधारण धारतर्फ दिवा सत्रमा कक्षा नर्सरीदेखि १२ सम्म पठनपाठ भइरहेको छ भने बिहानी सत्रमा प्राविधिक धारतर्फ Pre-Diploma in Computer Engineering कार्यक्रम सञ्चालन भइरहेको छ । देशको परिवर्तित अवस्था, समयको माग र समाजको आवश्यकता अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्दै अगाडि बढिरहेको यो विद्यालय हाल यस क्षेत्रकै लिडर सामुदायिक विद्यालयका रुपमा पनि परिचित छ ।

UPCOMING EVENTS

The various programs to be held at this school in the coming days are as follows:

यस विद्यालयमा आगामी दिनमा हुने बिभिन्न किसिमका कार्यक्रमहरु यस प्रकार रहेका छन् ।

23

TEACHERS

21

CLASSROOM

243

STUDENTS

5

BUILDING

WHAT PEOPLE SAYS

के भन्छन त ?

यस विद्यालयप्रति बिभिन्न व्यक्तित्वहरुको प्रतिक्रिया जस्ताको तेस्तै ..