Welcome to Sarbodaya Secondary School
single
साविक दुराडाँडाका विद्यालयका प्र. अ. हरुका बिच अनुभव आदानप्रदान तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम

आज मिति २०८१/०८/१० गते सोमबारका दिन सर्वोदय मा. वि. को संयोजनमा विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि साविक दुराडाँडाका विद्यालयका प्र. अ. हरुका बिच अनुभव आदानप्रदान तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सर्वोदय मा.वि. मा सम्पन्न गरियो । बैठकमा विद्यार्थीहरुको सिकाइ स्तर वृद्धिका लागि विद्यालयहरुमा अवलम्बन गरिएका असल अभ्यासबारे अनुभव आदानप्रदान गर्नुका साथै विद्यार्थीहरुको सिकाइ स्तर अभिवृद्धिका लागि शिक्षक तालिम तथा विद्यार्थी प्रतिभा पहिचान सम्बन्धित विविध कार्यक्रम (हरेक महिना फरक फरक विद्यालयले फरक फरक कार्यक्रम) गर्ने, परीक्षामा एकरुपता कायम गर्न विभिन्न विद्यालयहरुले आलोपालो गरी विभिन्न कक्षाका अनिवार्य विषयहरुको प्रश्नपत्र निर्माण गरी प्रयोग गर्ने, असल अभ्यासलाई सबैले अवलम्बन गर्ने, आगामी बैठकहरु पनि सर्वोदय मा. वि. मा गर्ने लगायतका निर्णयहरु गरियो । बैठकमा उपस्थित भई महत्त्वपूर्ण विचार राख्नुहुने/ सुझाव दिनुहुने सम्पूर्ण प्र. अ. ज्यूहरुपर्ति सर्वोदय मा.वि. परिवार हार्दिक आभार प्रकट गर्दछौं ।